विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा इलाका प्रहरी कार्यालय पथरीद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, भाद्र २५, २०८१

विराटनगर/ “विश्व आत्महत्या रोकथाम दिवस” को अवसरमा इलाका प्रहरी कार्यालय पथरी, मोरङले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। “एक पटक लड्दैमा जीवन सकिन्न, लडेर उठ्नु नै जीवन हो” भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा समुदाय प्रहरी साझेदारीको अवधारणाअनुसार जनचेतना फैलाउन विविध गतिविधि सञ्चालन गरियो।

कार्यक्रम अन्तर्गत प्रहरी टोलीले जनचेतनामूलक जिङ्गल बजाउँदै आत्महत्या रोकथामका उपायहरूबारे सन्देश प्रवाह गरेको थियो। साथै, आत्महत्याका कारण, पूर्व संकेतहरू, र बचाउने उपायबारे जानकारी दिने ३५ थान पर्चा वितरण गरियो।

प्रहरीले “शान्त एवं सुरक्षित समाजका लागि नेपाल प्रहरी” भन्ने सन्देशका साथ आत्महत्या रोकथाममा सबैको सहयोग आवश्यक रहेको जनाउँदै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]