सशस्त्र प्रहरीद्वारा २ सय ३८ किलो गाँजा बरामद

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, भाद्र २६, २०८१

सुनसरी/ सशस्त्र प्रहरी बलले नेपाल-भारत सीमा क्षेत्रबाट २ सय ३८ किलो गाँजा बरामद गरेको छ। सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकास्थित हुलाकी राजमार्गमा सशस्त्र प्रहरीले बोलेरो गाडी (बा ९ च ७१६६) सहित ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

 

सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्स्पेक्टर आवेश पुन र सुरक्षा बेस क्याम्प भुटहाको टोलीले उक्त गाँजा बरामद गरेको जानकारी दिएका छन्। बोलेरो गाडीमा राखेर उल्टी नाकामार्फत भारततर्फ लैजाने तयारीमा रहेको अवस्थामा प्रहरीले गाँजा नियन्त्रणमा लिएको हो।

 

बरामद गरिएको गाँजा र गाडीलाई थप कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको इन्स्पेक्टर पुनले जानकारी दिएका छन्। सशस्त्र प्रहरीले यसअघि पनि विभिन्न स्थानहरूमा लागूऔषध नियन्त्रण अभियान अन्तर्गत सफलतापूर्वक गाँजा र अन्य प्रतिबन्धित वस्तुहरू बरामद गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]