प्रसाद खाँदा ६० जना बिरामी

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, भाद्र २७, २०८१

झापा/ अर्जुनधारा नगरपालिका–९, खरबन्दी स्थित रिता निरौलाको घरमा आयोजित पूजाको प्रसाद खाएपछि करिब ६० जना व्यक्तिहरू ‘फुड पोइजनिङ’का कारण बिरामी परेका छन्। पूजा समाप्तिपछि प्रसादको रूपमा रोटी, अचार र तरकारी खाएपछि अधिकांशलाई बान्ता, पखाला र ज्वरो आउने समस्या देखिएको थियो।

 

स्थानीय प्रहरीका अनुसार, अधिकांश बिरामीहरूलाई उपचार पश्चात घर फर्काइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको र बिरामीको स्वास्थ्य स्थिति सामान्य रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]