अरनिकोले आयोजना गरेको कविता प्रतियोगितामा आयुष पहिलो 

Logo
ग्रामीण पत्रिका प्रकाशित शुक्रबार, भाद्र २८, २०८१

विराटनगर/ विराटनगरस्थित अरनिको कलेजले आयोजना गरेक कवितामा आयुष पोखरले प्रथम भएका छन् ।

कलेजले विद्यार्थीभित्रको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले नेपाली र अंग्रेजी भाषाको कविता प्रतियोगितामा आयोजना गरेको थियो । कलेजको कक्षा ११ र १२ मा अध्ययनरत ६० जनालाई पछि पार्दै आयुष प्रथम भएका हुन् । उनले ‘म चोर बन्न चाहन्छु’ शीर्षकको कविता वाचन गरेका थिए । त्यस्तै ‘म र मेरी आमा’ शीर्षकको कविता वाचन गरेर मनास्लु कोइराला द्वितीय हुँदा ‘मेरो देश’ शीर्षकको कविता वाचन गर्ने सौरभ कटवाल, ‘हामी फेरि एक्लै’ शीर्षकको कविता वाचन गर्ने प्रेरणा मेहता र ‘नारीको व्यथा’ कविता वाचन गर्ने गौशिका थापा तृतीय भए ।

 

त्यस्तै आयुष्मा खतिवडा र आनिया उप्रेतीले सान्त्वना स्थान प्राप्त गरे । आयुष्माले ‘बुवाको मनको आवाज’ र कविता वाचन आनियाले ‘बालअधिकार’ शीर्षकको कविता वाचन गरेका थिए । नेपालीतर्फको प्रतियोगितामा साहित्यकार भरत गुरागाईं, कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार कविता केशरीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । त्यस्तै अंग्रेजीतर्फको निर्णायक कलेजका शिक्षक भरतराज दाहालले गरेका थिए ।

प्रतिस्पर्धामा विजयी विद्यार्थीलाई निर्णायकसहित कलेजका संस्थापक तथा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, प्राचार्य राजेश कार्की, संयोजक विकास खनाल, निर्देशक उमेन्द्रविलाश लुइँटेललगायतले पुरस्कार, ट्रर्फी र प्रमाणपत्र प्रदान गरेका थिए । शिक्षिकासमेत रहेकी कवि अम्विका खरेल उप्रेतीले अप्रतियोगी कविता वाचन गरेकी थिइन् ।

विद्यार्थीलाई सिर्जनशील बनाउनका लागि कलेजले हरेक वर्ष खुल्ला कविता प्रतियोगिता आयोजना गर्दै आएको कार्यक्रम संयोजक विमल भट्टराईले जानकारी दिए । कलेजमा २ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै आन्तरिक छनौटबाट छानिएका विद्यार्थीलाई प्रतिस्पर्धा गराइएको उनको भनाइ थियो । कार्यक्रमका वक्ताहरुले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]