रंगेली नगरपालिकामा २२ वर्षीय युवकको झुण्डिएको अवस्थामा शव फेला

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, भाद्र २९, २०८१

रंगेली / रंगेली नगरपालिकामा २२ वर्षीय युवकको झुण्डिएको अवस्थामा शव फेला परेका छन् ।
हिजो शुक्रबार २८ भाद्र २०८१ मा ग्रामथान वडा नम्बर ४ स्थित दाजुको घरमा बस्दै आएका एक २२ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन् ।

केही समयदेखि भारतबाट आएर दाजुसँगै बस्दै खेतीपातीमा सहयोग गर्दै आएका ती युवक रंगेली वडा नम्बर १, छपिया टोलस्थित एक जामुनको रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

बिहान करिब ५ः३० बजे उनी झुण्डिएको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी प्रशासन पुगेर अनुसन्धान सुरु गरेको छ । उत्त शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]