सुनवर्षीको श्री जानकी आधारभूत विद्यालयमा ६०औं बाल दिवस भव्य रूपमा सम्पन्न ।।

Logo
सरिता कर्मकार प्रकाशित सोमबार, भाद्र ३१, २०८१

सुनबर्षी/मोरङको सुनवर्षी नगरपालिका वडा नं ४, गोल गाउँस्थित श्री जानकी आधारभूत विद्यालयमा ६०औं बालदिवस कार्यक्रम भव्य रूपमा समापन भएको छ। कार्यक्रमका प्रमुख अतिथि वडा नं ४ का वडा अध्यक्ष छेदिया यादव रहेका थिए।

बालदिवसको अवसरमा २०८० सालको अन्तिम परीक्षा उत्तीर्ण गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको छ। प्रथम, द्वितीय, र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई क्रमशः गोल्ड, सिल्भर, र ब्रोज मेडलसहित प्रमाणपत्र वितरण गरियो। यसले विद्यार्थीहरूमा थप प्रोत्साहनको भावना जगाएको छ।

कार्यक्रमका दौरान विद्यार्थीहरूलाई मनोरञ्जनात्मक खेलहरूमा सहभागिता गराइयो, जसमा हन्डीफोर र स्पुन रेस प्रमुख थिए। साथै, विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेर कार्यक्रमलाई अझ रमाइलो बनाए।

शिक्षकहरूलाई पनि योगदानको कदरस्वरूप मायाको चिनो प्रदान गरिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]