नेपाली खेलाडीहरु ‘इन्डुरेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२४’ मा सहभागी हुन थाइल्याण्ड प्रस्थान

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०२, २०८१

विराटनगर/थाइल्याण्डमा आयोजना हुन गइरहेको ‘इन्डुरेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२४’ मा सहभागी हुन नेपाली खेलाडीहरुको टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ। प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुमा कुनाल कामत, गोबिन्द गोयाल, इशाना शर्मा रहेका छन् भने नेपाल बाट भिसाकाे समस्या भएको कारण आध्या शर्मा भारत तिर बाट हुदै नेपाली टोलीमा समावेश हुँदैछिन्।

युनिसा पोखरेल भने भिसाको समस्याका कारण सहभागी हुन नसक्ने भएकी छिन्। नेपाली टोलीसँगै अफिसियल साहिल गिरी र मोरङ जिल्ला रोलर स्केट एसोसिएसनका अध्यक्ष सुरज कामत पनि टोलीका सदस्यका रुपमा थाइल्याण्ड प्रस्थान गरेका छन्।

खेलाडीहरुलाई शुभकामना दिन र प्रोत्साहित गर्न सप्तकोशी सिमेन्ट, म्याजिक फुटवेयर र बागमती प्लास्टिकले जुत्ता, टि-शर्ट, ट्र्याक प्रदान गर्दै विदाई गरेका छन्। उक्त अवसरमा सुरज कामतले उक्त संस्थाहरुलाई धन्यवाद व्यक्त गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल रोलर स्केट एसोसिएसनका अध्यक्ष अच्युत खनालले टोलीलाई शुभकामना सहित विदाई गरे।

सेप्टेम्बर १८ देखि २३ सम्म थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालसहित १२ देशका खेलाडीको सहभागिता रहने जनाइएको छ । भारत, केन्या, श्रीलङ्का, थाइल्याण्ड, माल्दिभ्स, बङ्गलादेश, इन्डोनेसिया, इजिप्ट, युएई, फिलिपिन्स र रुवाण्डाका खेलाडीले सहभागिता जनाउने भएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]