सुनसरीमा करम पूजा अवसरमा उराँव जीवन दर्शन प्रदर्शन

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०२, २०८१

इनरुवा/ सुनसरी सदरमुकाम इनरुवामा उराँव समुदायको महान पर्व करम पूजाको अवसरमा उराँव जीवन दर्शन प्रदर्शन गरिएको छ। बुधबार, नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाले आयोजना गरेको यस कार्यक्रममा जन्मदेखि मृत्युसम्मका उराँव संस्कार झल्काउने जीवन दर्शन प्रदर्शन गरिएको हो।

 

प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले युवा तथा नयाँ पुस्तालाई उराँव संस्कार, संस्कृति, रीतिरिवाज र कलाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा कोशी प्रदेशका उराँवहरुको ३५ वटा समूहको सहभागितामा झाँकी तथा र्‍याली प्रदर्शन गरियो, जहाँ उराँव समुदायले आफ्नै भाषा, नाच, गीत र पहिरनमा प्रदर्शन गरेका थिए।

 

यस वर्ष पनि भदौ पूर्णिमाका दिन करम पूजा मनाउने परम्परा अनुसार सामूहिक जमरा राखिएको थियो। करम पूर्व सन्ध्या कार्यक्रम अन्तर्गत आयोजित सांस्कृतिक कार्यक्रम दुई हजारभन्दा बढी उराँवहरुको सहभागितामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोईरालाले उराँव समुदायको संस्कार, संस्कृति, र पहिचानको संरक्षणमा राज्यको सक्रियता आवश्यक रहेको बताउनुभयो।

 

कार्यक्रममा विभिन्न वक्ताहरुले उराँव समुदायको हक, अधिकार र पहिचानलाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेपाल-भारत सम्बन्धमा उराँव समुदायले पुर्‍याएको योगदानको सराहना गरे। भारतको राँची विश्वविद्यालयका प्रा. डा. हरी उराँवलाई ‘उराँव समुदाय सम्मान २०२४’ बाट सम्मानित गरियो।

 

उराँव समुदायको सांस्कृतिक सम्पदा संरक्षण गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा उराँव कलाकारहरूले नाटक, नृत्य, झाँकी प्रदर्शन गरेका थिए भने परम्परागत पहिरन, कृषि औजार, बाजागाजा र हातहतियारको समेत प्रदर्शन गरिएको थियो।

उराँव समुदायको परम्परा र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्न र यस समुदायको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चिनाउन करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रमले महत्त्वपूर्ण योगदान दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]