महेन्द्रको विद्यार्थीलाई ट्राफिक नियम सिकाउँदै प्रहरी

Logo
चन्दन रौनियार / सुनसरी प्रकाशित सोमबार, आश्विन ०७, २०८१

दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा न.४ स्थित महेन्द्र मेमोरियल एकडेमी स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा ९ र १० सम्मका विद्यार्थीहरूका लागि यस्तो कार्यक्रम आयोजना गरिएको संचालक प्रिन्सिपल निश्चलराज शाक्यले जानकारी दिए ।उनका अनुसार कार्यक्रममा विद्यार्थीलाई ट्राफिक नियम, ट्राफिक चिहन, सडक दुर्घटनाको जोखिम, कारण, न्यूनीकरणका उपायहरू, दण्ड सजाय तथा ट्राफिकसँग सम्बन्धित अन्य विविध विषयहरूमा आवश्यक जानकारी प्रदान गरिएको थियो ।ट्राफिक प्रहरी दुहबी पोस्ट कार्यालयको सहकार्यमा कार्यक्रम भएको शाक्यले जानकारी दिए । कार्यक्रममा दुहबी ट्राफिक पोस्ट प्रमुख बरिस्ठ सई चन्द्र कुमार (फाजुङ)श्रेष्ठ तथा प्रहरी सहायक हवल्दार बिनोद कुमार साहले माथिका विषयहरूमा विशेष प्रस्तुतीकरण तथा श्रव्यदृश्य सामग्रीहरू प्रस्तुत गरेका थिए ।

विद्यार्थीलाई दिइएको यस्तो सचेतनाले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका सहयोग पुग्ने बरिस्ठ सई श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]