सीबीआरमा शोभा पोखरेलको नेतृत्वमा नया“ समिति गठन

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

विराटनगर/विराटनगर—७ हाटखोला स्थित अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको संस्था समुदायमा आधारित पुनस्र्थापना (सीबीआर) विराटनगरको अध्यक्षमा श्रीमती शोभा पोखरेल चयन भएकी छन् ।

सोमबार सीबीआर सम्वद्ध संस्था तथा प्रतिनिधिहरुको भेलाले पोखरेलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा डा संझना प्रधान, कोषाध्यक्ष डीएल चौधरी, निवर्तमान अध्यक्ष कनुलाल चौधरी छन् ।

समितिको सदस्य सचिवमा नवीन दाहाल, सदस्यहरुमा धर्मराज भट्टराई, घमचन्द्र नेपाल, सरिता रेग्मी, डिल्लीराम भण्डारी, आकृति रानी फुयाल, कुमारप्रसाद धमला छन् ।

सो भेलाले तीन सदस्यीय निर्देशक समिति पनि गठन गरेको छ । निर्देशक समितिमा डा भेषप्रसाद धमला, कविराज न्यौपाने र पद्मा रिजाल छन् ।

२०४६ फागुनमा स्थापित एवम् कोशी प्रदेशलाई लक्षित गरी काम गरिहेको सीबीआरले आव २०८०—८१ मा ७४ पालिकामा सेवा पु¥याएको थियो । सीबीआरको भर्खैरै गरेको साधारणसभामा कोषाध्यक्ष डीएल चौधरीले गरेको आर्थिक प्रतिवेदनमा आब २०८०—८१ को आयव्यय एक करोड ३९ लाख रुपैया“को विवरण प्रस्तुत गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]