यातायात व्यवस्था कार्यालय इटहरीबाट १७ जना बिचौलिया पक्राऊ 

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आश्विन ०९, २०८१

विराटनगर/सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयबाट बुधबार १७ जना बिचौलिया पक्राउ परेका छन्। प्रहरीले यातायात कार्यालयमा बिचौलियाहरूको अवाञ्छित गतिविधि र सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको गुनासोको आधारमा छापा मारेको थियो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको नेतृत्वमा गएको प्रहरी टोलीले अनुगमन गर्दै बिचौलियाहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका बिचौलियाहरूले कार्यालयका महत्वपूर्ण कागजातहरू लेखापढी केन्द्रसम्म लगी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छिटो निकालिदिने भन्दै सेवाग्राहीसँग रकम असुली गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ परेकाहरूको विषयमा थप अनुसन्धान अघि बढाएको छ। प्रदेश सरकारको मातहतमा रहेको यस कार्यालयमा सेवाग्राहीहरूले अत्यधिक सास्ती भोग्नुपरेको जनगुनासो बढ्दै गएकोले प्रशासनले छिट्टै सुधारात्मक कदम चाल्ने बताएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]