प्रतिकूल मौसमका कारण यति एयरलाइन्सका दुई विमान काठमाडौँमा अवतरण

Logo
ग्रामीण पत्रिका प्रकाशित बिहिबार, आश्विन १०, २०८१

विराटनगर / प्रतिकूल मौसमका कारण यति एयरलाइन्सका दुई आन्तरिक उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौँबाट विराटनगर र सिमरा उडेका यति एयरलाइन्सका विमानहरू मौसमको प्रतिकूलताका कारण पुन: काठमाडौँमै अवतरण गर्नुपरेको हो।

विमानस्थलका प्रवक्ता रञ्जी शेर्पाका अनुसार सिमरा तर्फ गएको विमान सिमरा पुग्न सफल भए पनि काठमाडौँबाट विराटनगरका लागि उडेको विमान मौसम बिग्रिएकाले बीच बाटोबाटै फर्किएको थियो। उनले ‘इनरुट वेदर’ बिग्रिएकोले विमानलाई डाइभर्ट गरिएको जानकारी दिए।

यद्यपि, राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]