झापामा बाढीले बगाएर दुई जना बेपत्ता

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन ११, २०८१

झापा/झापामा आएको बाढीले दुई जनालाई बगाएपछि उनीहरू बेपत्ता भएका छन्। कचनकवल गाउँपालिका–१ स्थित जमुवा खोलाले १४ वर्षीया नेहारिका राजवंशीलाई बगाएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नेहारिकालाई खोलाले बगाएपछि खोजीकार्य जारी छ।

यसैगरी, कमल गाउँपालिका–१ का ३५ वर्षीय टिकाराम चौधरीलाई कृष्ने खोलाले बगाएको छ। चौधरी माछा मार्ने क्रममा बगेका थिए र हालसम्म उनी बेपत्ता रहेको प्रहरीले जनाएको छ। दुवैजनाको खोजीकार्यमा प्रहरी जुटिरहेको छ।

झापा जिल्लामा हालैको बाढीले जनधनको ठूलो क्षति पुर्याएको छ भने उद्धार तथा राहत कार्य तीव्र रूपमा अघि बढाइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]