झापामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, आश्विन १४, २०८१

विराटनगर /झापाको बिर्तामोड–१० ठुटेबरमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ। गएराति करिब ८:३० बजे बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आइरहेको साइकलयात्रीलाई जोगाउने प्रयास गर्दा आफैं अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक, बिर्तामोड–१० निवासी २७ वर्षीय अनिस न्यौपाने गम्भीर घाइते भएका थिए। टाउको र दुबै खुट्टामा गम्भीर चोट लागेको न्यौपानेलाई उपचारका लागि बीएण्डसी हस्पिटल पुर्याइएको थियो। तर, उपचारकै क्रममा आज दिउँसो २ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार, सोही ठाउँका ३८ वर्षीय टिकाराम राय भने सामान्य घाइते भएका छन्। उनको बीएण्डसी अस्पतालमै उपचार भइरहेको छ। दुर्घटनामा प्रयोग भएको मोटरसाइकल अस्थायी प्रहरी चौकी सैनिकबजारको नियन्त्रणमा रहेको छ।

ट्राफिक प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]