इनरुवा जेसिज २०२४: स्लो बाइक रेस प्रतियोगिता सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, आश्विन १९, २०८१

विराटनगर /इनरुवा जेसिज २०२४ को आयोजनामा शनिबार इनरुवा-१ स्थित भगवती मार्गमा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा ३६ जना सहभागी भएका थिए।

१०० मिटरको दुरी पार गर्दै सुमित शाह प्रथम, देव शंकर मेहता दोस्रो, र निश्चल कार्की तेस्रो स्थानमा विजयी भएका छन्। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने शाहले नगद रु ६,१०० र प्रमाणपत्र प्राप्त गरे भने दोस्रो स्थानको मेहताले रु ४,१००, तेस्रो स्थानको कार्कीले रु २,१०० सहित प्रमाणपत्र प्राप्त गरेका छन्।

इनरुवा जेसिज २०२४ का अध्यक्ष विकेश मेहताका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य सवारी दुर्घटना घटाउन सन्देश फैलाउनु थियो। “छिटो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ” भन्ने सन्देशको महत्वलाई उजागर गर्दै कार्यक्रम सम्पन्न भएको उनले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]