नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, आश्विन २०, २०८१

विराटनगर/आज नवरात्रको चौथो दिन, देशभरका दसैँ घर र पूजाकोठामा विधिपूर्वक कुष्माण्डा देवीको पूजा आराधना गरिंदैछ। दुर्गा पक्षका रूपमा समेत चिनिने यस पर्वमा प्रत्येक दिन नौ दुर्गामध्ये एक देवीको विशेष पूजा गरिन्छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र आज चौथो दिन कुष्माण्डा देवीको पूजा गरिन्छ। कुष्माण्डा देवीलाई सृष्टिको प्रारम्भ गर्ने देवीका रूपमा मानिन्छ र उनी सौरमण्डलमा सूर्यको मध्य भागमा बस्ने देवीको रुपमा पूजिन्छिन्।

नवदुर्गाका अन्य रुपहरूको क्रमशः पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनै नौ रूपलाई नवदुर्गा भनिन्छ, जसले भौतिक र आध्यात्मिक उन्नति प्रदान गर्ने विश्वास गरिन्छ।

दसैँको यस अवसरमा भक्तजनहरू बिहानैदेखि पूजाआजा गर्दै, देवीको आशीर्वाद प्राप्त गर्न व्रत बस्ने र दुर्गा सप्तशती पाठ गर्ने चलन छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]