अविरल वर्षाका कारण सार्वजनिक यातायात क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँ क्षति

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, आश्विन २५, २०८१

विराटनगर / यही असोज ११ र १२ गते देशभर भएको अविरल वर्षाले सार्वजनिक यातायात क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार, वर्षाका कारण कुल ७२ करोड ९८ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार, पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिलाई ११ करोड ८८ लाख ८० हजार रुपैयाँ, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिलाई दुई करोड ८५ लाख रुपैयाँ, र गोरखा दरौंदी यातायात सेवा कम्पनीलाई ६० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।

त्यस्तै, बाग्मती टिपर व्यवसायी संघलाई २७ करोड रुपैयाँ, नेपाल ट्रक टिपर व्यवसायी संघलाई २० करोड रुपैयाँ, महाकाली व्यवसायी बहुउद्देश्यीय कम्पनी प्रालिलाई ६ करोड ६५ लाख रुपैयाँ र रसुवागढी नाकामा चार करोड रुपैयाँ बराबरको क्षति भएको छ।

अविरल वर्षाको कारण यातायात व्यवसायीहरू ठूलो आर्थिक संकटमा परेका छन् र यो क्षतिको भरपाईका लागि सरकारले विशेष राहत र सहयोगको पहल गर्नुपर्ने माग उठाइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]