

विराटनगर/गएराति धरान उपमहानगरपालिका-१३ जिरो प्वाइन्टस्थित श्रीकृष्ण प्रणामी मन्दिरको पक्की सटरमा किराना तथा सब्जी पसलमा आगलागी भएको छ। राति ९:४९ बजे तिर विद्युत सर्टका कारण शंकर शाहले भाडामा संचालन गर्दै आएको उक्त पसलमा आगलागी भएको हो।
आगलागीका कारण पसलभित्र रहेका सम्पूर्ण किरानाका सामान र नगद ७० हजार जलेर नष्ट भएको छ। प्रहरीले दिएको जानकारी अनुसार करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय बासिन्दा, धरान उपमहानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा राति ११ बजेतिर आगो नियन्त्रणमा आएको थियो। आगलागीका कारण भएको क्षतिबाट प्रभावित व्यवसायीलाई स्थानीय तहले आवश्यक सहयोग पुर्याउने प्रतिवद्धता जनाएको छ।
धरानमा यस प्रकारको घटनाले पुन: आगलागी जोखिम नियन्त्रणमा सचेतना र सुरक्षा उपायको आवश्यकता देखिएको छ।