विराटनगरमा लागुऔषध गाँजा बोकेको भारतीय कार नियन्त्रणमा

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, कार्तिक ०५, २०८१

विराटनगर/ विराटनगर महानगरपालिका–१५ स्थित एक भारतीय नम्बरको कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहले आइतबार चेकजाँचको क्रममा बीआर ३८ एडब्लु ३७७६ नम्बरको भारतीय कारबाट १०३ किलोग्राम गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार उक्त कार नेपालबाट भारततर्फ जाँदै गरेको बेला पक्राउ गरिएको थियो। कारको डिक्कीमा लुकाएर राखिएको अवस्थामा गाँजा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा पठाइएको जानकारी दिएको छ। यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]