महानगरले किनेको मोटरबाटको भयो सफल परीक्षण

Logo
सरिता कर्मकार / विराटनगर प्रकाशित मंगलबार, साउन ०१, २०८१

विराटनगर / विराटनगर महानगरपालिकाले मंगलबार कैशलिया खोलामा मोटरबोटको परीक्षण गरिएको छ ।

बर्खा मौसममा बाढी र डुबान जस्ता समस्या आइ पर्ने भएकोले उद्धारका लागि महानगरले ९ लाख ७५ हजार बराबरको मोटरबोट खरिद गरि परीक्षण गरिएको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले परीक्षण गरेको थियो । वर्षाको समयमा बाढी र डुबानमा फसेका नागरिकलाई उद्धारमा सहज हुने मेयर नागेश कोइरालाले बताए। उनका अनुसार इन्जिन जडान नगरिकन पनि बोटलाई सञ्चालन गर्न सकिन्छ ।

विराटनगरको पूर्वमा सिंघिया र पश्चिममा कैशलिया खोला भएका कारण स्थानीयले हरेक वर्ष बाढी र डुबानले सास्ती खेप्नुपरेको छ । महानगर संग यसअघि रबरबोट मात्रै थियो । मोटरबोट खरिद गरिएसँगै बाढी र डुबानमा फसेका महानगरवासीलाई तत्कालै उद्धार गर्न सहज भएको मेयर कोइराला बताए । यसअघि बाढीमा फसेका नागरिकलाई उद्धारका लागि सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकायबाट मोटरबोट मगाउनुपर्ने बाध्यता थियो ।

परीक्षणपछि उपमेयर शिल्पा निराला कार्कीले बाढीको विपदमा परेका नागरिकलाई तत्कालै उद्धार गर्न सहज होस् भनेर मोटरबोट खरिद गरिएको बताईन् । महानगरले आवश्यक महसुस गरेर खरिद गरेको उहाँको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले
काठमाडौंबाट खरिद गरेर ल्याइएको मोटरबोटको परीक्षण सफल भएको प्रतिक्रिया दिए।

नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार खरिद गरेको कम्पनीले नगर प्रहरीलाई सञ्चालनको सम्पूर्ण जानकारी दिनेछ। त्यसपछि नगर प्रहरीले मोटरबोट आफैं जडान गर्ने र सञ्चालन गर्ने पौडेलले जानकारी दिए। नगर प्रहरीका ४ जनाले बाढी र डुबानमा परेका नागरिकको मोटरबोटबाट उद्धार गर्न विशेष तालिमसमेत लिइसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]