नागरिक उन्मुक्ति पार्टीबाट ग्रामथान गाउँपालिका अध्यक्ष पदमा बुद्धिचन् विश्वास

Logo
ग्रामीण सहकर्मी / माेरङ प्रकाशित शुक्रबार, कार्तिक ३०, २०८१

ग्रामथान / आउँदो मङ्सिर १६ गते हुने उपनिर्वाचनमा ग्रामथान गाउँपालिकाका अध्यक्ष पदमा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन् विश्वास चयन भएका छन्। बुद्धिचन विश्वास नेपाली कांग्रेसका पुराना कार्यकर्ता थिए ।

उनी विगतमा तेतरिया गाविस तरुण दलका सभापति थिए। नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पनि निर्वाचित भएका थिए । तीन दशक भन्दा बढी नेपाली कांग्रेसमा योगदान दिएका उनी २०७९ सालको ग्रामथान गाउँ पालिकाको निर्वाचनमा उनी वडा नं ५ बाट वडा अध्यक्षका दावेदार थिए। तर नेपाली कांग्रेस पार्टीले उनलाई टिकट दिएनन्।

त्यसपछि कांग्रेस सँग रुस्ट बनेका उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए। मोरङको नेताचोकमा भएको घोषणासभामा उन्मुक्ति पार्टीका केन्द्रीय सह महामन्त्री पदम अधिकारी, केन्द्रीय सदस्य बलराम खवास, केन्द्रीय सदस्य प्रशान्त चौधरी, प्रदेश सचिव बिर्जु गच्छदार गच्छदार, नागरिक उन्मुक्ति पार्टी ग्रामथान गाउँपालिकाका महिला विभाग अध्यक्ष सुगुमतला चौधरी लगायतको उपस्थितिमा घोषणासभा भएको थियो।
घोषणा सभा नागरिक उन्मुक्ति पार्टी ग्रामथान गाउँपालिकाका अध्यक्ष सत्यनारायण माझीको अध्यक्षतामा भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]