गणेशमान सिंह फाउण्डेसनद्वारा मानव सेवा आश्रमलाई डेढ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर ०१, २०८१

विराटनगर/ गणेशमान सिंह फाउण्डेसन मोरङले विराटनगर–३, पोखरिया स्थित मानव सेवा आश्रमलाई डेढ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ।

शुक्रबार आयोजित विशेष कार्यक्रमका बीच नेपाली कांग्रेसका नेता तथा नेपाल सरकारका उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले आश्रमकी प्रतिनिधि पार्वती तिवारीलाई खाद्यान्न सामग्री हस्तान्तरण गरे।

कार्यक्रममा फाउण्डेसनका कोशी प्रदेश अध्यक्ष श्याम पौडेल, उपाध्यक्ष नगेन्द्र दाहाल, मोरङ अध्यक्ष फुलकुमार लालवानी र नेपाली कांग्रेस कोशी प्रदेश समितिका कोषाध्यक्ष राजेश गुप्ता समेत उपस्थित थिए।

उद्योगी तथा समाजसेवी किशोर प्रधानले आफ्ना दिवंगत पिता लक्ष्मण प्रधान र आमा लक्ष्मी प्रधानको सम्झनामा फाउण्डेसनमार्फत आश्रमलाई यो सहयोग उपलब्ध गराएका हुन्।

गणेशमान सिंह फाउण्डेसनले यस प्रकारका सामाजिक कार्यलाई निरन्तरता दिँदै मानवताको सेवामा योगदान पुर्‍याइरहेको फाउण्डेसनका पदाधिकारीहरूले जनाएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]