स्कुल बसलाई बचाउन खोज्दा प्रहरीको गाडी दुर्घटना

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित बिहिबार, साउन ०३, २०८१

बिराटनगर / बिराटनगर महानगरपालिका वडा नं १५ भट्टि मोडमा बुधबार बेलुकी प्रहरीको गाडी दुर्घटना भएको छ। दुर्धटना हुने क्रममा ३० जना ‌प्रहरीहरु घाइते भएका थिए।

घाईते भएका प्रहरी माध्यमा प्रहरी जवान संजय अोझा र प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर गम्भीर अवस्थामा‌ रहेका छन्। घाईते भएका प्रहरीहरुको‌ कोशी, न्युरो, नोबेल अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भट्टी मोडको बाटो बाट रानी तर्फ जादै गरेको सो १ ग २५५९ प्रहरीको‌ गाडीले टर्निङमा स्कुल बसलाई बचाउन खोज्दा दुर्घटना भएको हो। प्रहरीको गाडी बिराटनगर स्थित तालिम केन्द्रको रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]