परियार सेवा समाजको कोशी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर ०३, २०८१

विराटनगर/परियार सेवा समाजको कोशी प्रदेश सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। मंसिर १ र २ गते सुनसरीको ईटहरीस्थित गंगाजमुना होटलमा सम्पन्न सम्मेलनले ०८१-०८३ कार्यकालका लागि खड्गबहादुर दमाई (भित्रीकोटि)को अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

सम्मेलनको उद्घाटन र प्रमुख अतिथिहरू

सम्मेलनको उद्घाटन संविधानसभा सदस्य अनिता परियारले गर्नु भयो। उद्घाटन सत्रमा परियार सेवा समाजका केन्द्रिय उपाध्यक्ष धर्म परियारको अध्यक्षता रहेको थियो। कार्यक्रममा समाजका केन्द्रिय सचिव सुमन परियार, केन्द्रिय सदस्यहरू लक्ष्मण दास, सूर्य नेपाली दर्नाल, खड्गबहादुर दमाई (भित्रीकोटि), ज्ञानकुमार कार्किढोली, गोपाल नेपाली, तारा सुन्दास, नारायण परियार र हम्ब ठटाल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

 

कोशी प्रदेश सभा सदस्य सपना परियार, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य अरुण सुन्दास, अधिवक्ता जयराम सुन्दास लगायत विभिन्न जिल्लाका प्रतिनिधिहरू, दलित अगुवाहरू र समाजका शुभचिन्तकहरूको उपस्थिति रहेको सम्मेलनले परियार समुदायको सशक्तिकरणका लागि नयाँ कदम तय गर्ने प्रतिवद्धता व्यक्त गर्‍यो।

निर्वाचित कार्यसमिति

नयाँ कार्यसमिति यस प्रकार छ:

अध्यक्ष: खड्गबहादुर दमाई (भित्रीकोटि)

उपाध्यक्षहरू: प्रकाश परियार, पवित्रा कार्कीढोली, पदम दर्नाल

सचिवहरू: रुपा मोते, गणेशबहादुर परियार, विनोदकुमार दर्नाल

सह सचिवहरू: कमल कार्कीढोली, तिलक बर्देवा, विष्णुकुमारी परियार

कोषाध्यक्ष: अम्बिका परियार

सह कोषाध्यक्ष: अनिता परियार

 

सदस्यहरू:

फुलमाया ठटाल, राजन दर्जी, प्रतिमा कार्कीढोली, दिपा परियार, जितबहादुर दर्जी, गोविन्दमान दर्जी, लालबहादुर दर्जी, नन्दमाया दर्जी, पुष्प ठटाल, चक्रबहादुर नेपाली (रोशन), सम्भु परियार, कोपिला बर्देवा, उषा परियार, राजु मोते, सरोज परियार।

 

सम्मेलनका विशेष कार्यक्रम र सम्मान

बन्द सत्र तथा प्रशिक्षण कार्यक्रममा संस्थापक कोषाध्यक्ष तथा पूर्व राजदूत पदम सुन्दास प्रमुख अतिथि रहेका थिए। निर्वाचन प्रक्रियामा अधिवक्ता जयराम सुन्दास, लक्ष्मी परियार र ज्ञानकुमार कार्कीढोलीले निर्वाचन मण्डलको भूमिका निर्वाह गरे।

सम्मेलनले समाजमा विशिष्ट योगदान पुर्‍याउने १० जना व्यक्तिहरूलाई सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरेको छ।

शुभकामना र प्रतिबद्धता

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि पदम सुन्दास, केन्द्रिय उपाध्यक्ष धर्म परियार, केन्द्रिय सचिव सुमन परियार, सल्लाहकार डिबि परियार, हस्त परियार र अरुण सुन्दासलगायतले शुभकामना व्यक्त गरे। सम्मेलनले परियार समुदायको हकहितको रक्षा र समाजको विकासका लागि दृढ प्रतिबद्धता जनाएको छ।

कार्यक्रम भव्यताका साथ सम्पन्न भएको आयोजकहरूले जनाएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]