भोलीदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पूरा

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर १४, २०८१

विराटनगर/ कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भोलीदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

प्रतियोगिताका लागि मैदानको पिचलाई उत्कृष्ट बनाउने कार्य पूरा भएको छ भने यसपटक पहिलोपटक डिजिटल स्कोर बोर्ड राखिएको छ। डिजिटल स्कोर बोर्डले खेलप्रेमीहरूलाई स्कोर र खेलको अवस्थाबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनेछ।

दर्शकहरूको सुविधालाई ध्यानमा राख्दै फ्यान जोन र भिआईपी क्षेत्रका लागि अस्थायी प्यराफिट निर्माण गरिएको छ। यो व्यवस्थाले खेल हेर्न आउने दर्शकहरूलाई थप आरामदायी र व्यवस्थित अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

एनपीएल प्रतियोगितामा देशका विभिन्न प्रतिष्ठित टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। खेलप्रेमीहरूको उत्साहलाई मध्यनजर गर्दै आयोजकले सम्पूर्ण तयारीलाई समयमै पूरा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]