नेपाल प्रिमियर लिग शनिबारदेखि सुरु, पहिलो खेल विराटनगर र जनकपुरबीच

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर १५, २०८१

विराटनगर/ बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) शनिबारदेखि सुरु हुँदैछ। काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा विशेष कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन हुनेछ।

लिगको पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स आमने-सामने हुनेछन्। खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित यस लिगमा विश्वस्तरीय खेलाडीहरूको पनि सहभागिता रहेको छ।

एनपीएलमा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीमा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, र सुदूरपश्चिम रोयल्स छन्।

विराटनगर किङ्स

कोशी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगर किङ्सको नेतृत्व नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले गर्नेछन्। विराटनगरले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ। न्यूजिल्यान्डका मार्टिन गप्टिल, अफगानिस्तानका इस्मात आलम, ओमनका अकिब इल्यास, क्यानडाका निकोलस किर्तोन, र स्कटल्यान्डका क्रिस सोल टिममा समावेश छन्।

स्वदेशी खेलाडीमा प्रतिश जिसी, बसिर अहमद, लोकेश बम, जितेन्द्र मुखिया, सुवास भण्डारी, अनिल खरेल, र दीपक बोहरालगायत छन्। विराटनगरको मुख्य प्रशिक्षक आयरिस प्रशिक्षक केभिन ओ ब्रायन हुन्।

ब्राण्ड एम्बासडरका रूपमा अभिनेता दयाहाङ राई र “फेस अफ विराटनगर” का रूपमा गायिका रचना रिमाल नियुक्त भएका छन्।

जनकपुर बोल्ट्स

मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्सको नेतृत्व नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेखले गर्नेछन्। टिममा अनिल शाह, ललित राजवंशी, र अन्य उत्कृष्ट खेलाडीहरू समावेश छन्।

जनकपुर बोल्ट्सले उपाधि जित्ने खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। मुख्य प्रायोजक एनडीए इन्टरनेसनलको सहयोगमा खेलाडीका लागि पुरस्कार व्यवस्थापन गरिएको छ।

लिगको उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ। एनपीएल नेपाली क्रिकेटको नयाँ अध्यायको सुरुवात हुने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]