नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर १८, २०८१

विराटनगर/ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमियर लिग (एनपीएल) का दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेल दिउँसो १ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ।

विराटनगर किङ्स यसअघि जनकपुर बोल्ट्ससँग पराजित भएको थियो भने चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई हराउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो।

नेपालको घरेलु क्रिकेटमा सबैभन्दा ठूलो मानिने एनपीएलमा आठ वटा फ्रेन्चाइज टिमहरूले प्रतिस्पर्धा गरिरहेका छन्। ती टिमहरूमा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, र सुदूरपश्चिम रोयल्स छन्।

यो प्रतियोगिताले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ। आजका खेलहरूले अंक तालिकामा टिमहरूको स्थिति निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]