नेपाल प्रिमियर लिग (एनपीएल): आज दुई रोमाञ्चक खेल हुने

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर २०, २०८१

विराटनगर/ नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुनेछन्।

पहिलो खेल बिहान ९ बजे पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुनेछ। पोखरा आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको टोली हो भने जनकपुरले यसअघि खेलेका दुईवटै खेलमा जित हात पारेको छ। यस खेलमा पोखरा जितको खाता खोल्न चाहनेछ भने जनकपुर आफ्नो अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ।

दोस्रो खेल दिउँसो १ बजे काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। काठमाडौँले आफ्नो पहिलो खेलमा जनकपुरसँग पराजय भोगे पनि हिजोको खेलमा कर्णाली याक्सलाई हराउँदै जित हात पारेको थियो। उता, सुदूरपश्चिमले विराटनगर किंग्सलाई हराएर उत्कृष्ट सुरुवात गरेको छ।

दुवै खेलमा रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ, जसले अंकतालिकामा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ। दर्शकहरूको ठूलो उपस्थिति र उत्कृष्ट प्रदर्शनले आजको दिनलाई झनै रोचक बनाउने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]