कोशी प्रदेशमा पर्यटन विकास परियोजना शुभारम्भ

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर २३, २०८१

विराटनगर/ कोशी प्रदेशमा प्रदेश मार्गमा आधारित पर्यटन विकास परियोजनाको औपचारिक शुभारम्भ भएको छ। आइतबार विराटनगरमा कोशी प्रदेश सरकार र स्वीजरल्याण्ड सरकारका प्रतिनिधिबीच परियोजना कार्यान्वयन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे र स्वीजरल्याण्ड सरकारका नेपालस्थित प्रतिनिधिले हस्ताक्षर गरे। हस्ताक्षर समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, र स्वीजरल्याण्ड सरकारका नेपालस्थित राजदूत डा. डेनियल म्यूउल्यी उपस्थित थिए।

परियोजना २०८२ देखि २०८५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कुल लागत २ अर्ब ४५ करोड ६१ लाख रुपैयाँ रहेको छ। यस परियोजनामा:

१ अर्ब ३५ करोड रुपैयाँ स्वीजरल्याण्ड सरकारले प्रदान गर्नेछ।

२० करोड नेपाल सरकारले बेहोर्नेछ।

४६ करोड कोशी प्रदेश सरकारको हिस्सामा हुनेछ।

४५ करोड कोशी प्रदेशका २९ स्थानीय तहले खर्च गर्नेछन्।

परियोजनाले चियाबारी पदमार्ग, फाल्गुनन्द पदमार्ग, लालीगुराँस पदमार्ग, र मुन्दुम पदमार्गलाई केन्द्रित गर्दै २९ वटा स्थानीय तहमा पर्यटन प्रवर्द्धनका विभिन्न गतिविधि सञ्चालन गर्नेछ।

तीन वर्षको अवधिमा कोशी प्रदेशका प्राकृतिक सम्पदाहरूको उपयोग गर्दै पर्यटकीय विकास र स्थानीय आर्थिक उन्नयनलाई लक्ष्य राखिएको छ। यो परियोजना प्रदेशको पर्यटन विकासमा कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]