झापाको बिर्तामोडमा झापा कप सुरु, उद्घाटन हिक्मत कार्कीबाट

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर २९, २०८१

विराटनगर/ झापाको बिर्तामोडमा आजदेखि सुरु हुने झापा गोल्डकप फुटबल प्रतियोगिता को उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्नुहुने भएको छ। झापा ११ फुटबल क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एलएक्स सिटी मोरङबीच प्रतिस्पर्धा हुनेछ।

डोमालाल राजवंशी रंगशालामा आज दिउँसो २ बजे हुने उद्घाटन समारोहमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र स्तरोन्नतिपछि प्रतियोगिता थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। क्लबका अध्यक्ष जलकुमार गुरुङका अनुसार उद्घाटन खेलको लागि तयारी पूरा भएको छ।

प्रतियोगितामा देशका प्रतिष्ठित टिमहरूका साथै छिमेकी दार्जिलिङको जिटिए समेत सहभागी छन्। सहभागी टिमहरूमा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब, रुपन्देहीको गोर्खा ब्वाइज स्पोट्र्स क्लब, र झापाको झापा ११ रहेका छन्।

प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुने आयोजकले जनाएको छ। विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ।

विशेष पुरस्कार

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १० हजार नगद।

उत्कृष्ट गोलकर्ता र गोलकिपरलाई ३५ हजार नगद।

प्रतियोगिताको उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गर्दै ३५ हजार नगद।

सर्वोत्कृष्ट खेलाडीलाई मस्ट भ्यालुएबल प्लेयर (MVP) घोषणा गर्दै १ लाख नगद।

प्रतियोगिताले स्थानीय खेलाडीको क्षमतालाई उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको विकासमा योगदान गर्ने विश्वास लिइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]