झापा कप फुटबल प्रतियोगितामा राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ३०, २०८१

विराटनगर/ झापा–११ एफसीको आयोजनामा झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा कप फुटबल प्रतियोगितामा राष्ट्रिय जागृति क्लब इटहरीले क्वार्टर फाइनल प्रवेश गरेको छ। दोस्रो दिनको खेलमा जागृति क्लबले आयोजक झापा–११ फुटबल क्लबलाई २–० को अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।

जागृति क्लबको जितका नायक मिलन राई बने। उनले खेलको दोस्रो हाफमा दुई गोल गर्दै टोलीलाई शानदार जित दिलाए। खेलको ५३ औँ मिनेटमा झापाका डिफेन्डरले मिलनलाई फाउल गरेपछि प्राप्त फ्रिकिकलाई उनले सुन्दर गोलमा परिणत गरे। त्यसपछि, ६२ औँ मिनेटमा झापाका डिफेन्डरहरूबाट क्लियर हुन नसकेको बललाई मिलनले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।

झापा–११ ले स्टार खेलाडीहरू उत्सव राई, आयुष घलान, प्रशान्त लक्सम, र डिफेन्डर देवेन्द्र तामाङको सहभागिता भए पनि खेलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन। झापाका खेलाडीहरूले विपक्षी पोस्टमा केही आक्रमण गरे पनि फिनिसिङ कमजोर हुँदा गोल गर्ने अवसर गुमाएका थिए।

खेलको प्लेयर अफ द म्याच मिलन राई घोषित भए। उनले नगद १० हजार रुपैयाँ र ट्रफी पुरस्कार प्राप्त गरे। सोमबार प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सलहेस फुटबल क्लब सिराहाबीच हुनेछ।

प्रतियोगिताका आकर्षणहरू:

विजेतालाई पुरस्कार: प्रथम हुने टोलीले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

व्यक्तिगत पुरस्कारहरू:

हरेक खेलको प्लेयर अफ द म्याचलाई १० हजार नगद।

उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही ३५ हजार नगद।

सर्वोत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई १ लाख नगद।

एक उदीयमान खेलाडीलाई “झापा ट्यालेन्ट” घोषित गर्दै ३५ हजार नगद।

प्रतियोगितालाई थप रोमाञ्चक बनाउन महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी उपहार प्रदान गरिरहेको छ। शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]