त्रिभुवन आर्मी फुटबल क्लब झापा कपको क्वार्टरफाइनलबाट बाहिरियो

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष ०१, २०८१

बिराटनगर/ बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

सलहेश युवा क्लबले पहिलो पटक झापा कपमा सहभागिता जनाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले निर्णायक गोल गरे।

खेलको १८औँ मिनेटमा अभि लामाले मैदानको मध्यभागबाट गरेको प्रहार गोलकिप्पर विकेश कुथुले रोक्न नसक्दा सलहेशले १–० को अग्रता लियो। दोस्रो गोल आदित्य शाक्यले ३७औँ मिनेटमा गरे। आर्मीका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई शाक्यले गोल गर्दै अग्रता दोब्बर बनाए।

बल पोजिसन कायम राखे पनि आर्मीले स्कोर गर्न सकेन। खेलको २०औँ मिनेटमा निरज भुजेलले पाएको अवसर गुमाए भने ५५औँ मिनेटमा आयुष तिमिल्सिनाको हेडर विफल भयो। खेल सकिएपछि अनुशासन उल्लंघन गरेको भन्दै आर्मीका कप्तान भरत खवासलाई रातो कार्ड देखाइएको थियो।

खेलको प्लेयर अफ द म्याच सलहेशका अभि लामा घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए।

मंगलबारको दोस्रो क्वार्टरफाइनल खेल भारतको जिटिए दार्जिलिङ र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुनेछ।प्रतियोगिताको फाइनल पुष ८ गते हुने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए।

विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उच्च गोलकर्ता, उत्कृष्ट गोलकिप्पर, र उदीयमान खेलाडीले ३५ हजार नगद पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई मस्ट भ्यालुएबल खेलाडी घोषित गरी १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिता रोमाञ्चक बनाउन महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ।

झापा कपले राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबल टोलीलाई प्रतिस्पर्धा गर्ने प्लेटफर्म दिएको छ भने खेलप्रेमी दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]