प्रथम झापा कपको दोस्रो क्वार्टरफाइनलमा राजा क्लब र जीटीए भिड्दै

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, पुष ०२, २०८१

विराटनगर/ बिर्तामोडमा जारी प्रथम झापा कप २०८१ को दोस्रो क्वार्टरफाइनल खेलमा आज मंगलबार राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र भारतको गोर्खाल्यान्ड टेरिटोरियल अड्मिनिस्ट्रेसन (जीटीए) दार्जिलिङबीच प्रतिस्पर्धा हुँदैछ।

पहिलो चरणको खेलमा आयोजक झापा–११ लाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको राजा क्लब आज दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा रहेको छ। राजा क्लबले यसअघि चैतमा सम्पन्न इटहरी गोल्डकपमा भारतको कञ्चनजंघा फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गरेको थियो भने बैशाखमा सम्पन्न भीमनारायण गोल्डकपमा अन्तिम चारमा पुगेको थियो।

बाइमा रहेर क्वार्टरफाइनलमा प्रवेश गरेको जीटीए टोली पहिलोपटक झापाली मैदानमा खेल्दैछ। यसअघि मंसिर अन्तिम साता इलाम गोल्डकपमा सहभागी भएको जीटीएले आफ्नो पहिलो खेलमा एनआरटी काठमाडौंसँग पराजय भोगेको थियो।

प्रतियोगिताका विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। आयोजक झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङका अनुसार प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुने छ।

प्रतियोगिताको प्रत्येक खेलमा “प्लेयर अफ द म्याच” घोषित हुने खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिप्परले जनही ३५ हजार नगद पुरस्कार पाउनेछन्।

त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई “झापा ट्यालेन्ट” घोषणा गरी ३५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई “मस्ट भ्यालुएबल प्लेयर” घोषित गर्दै नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिएका छन्।

प्रतियोगिता झापाली खेल मैदानमा भव्यरूपमा जारी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]