प्रहरी प्रमुख नारायण प्रसाद चिमरीया सम्मानित

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, पुष ०२, २०८१

बिराटनगर /  जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नारायण प्रसाद चिमरीया सम्मानित भएका छन्। उनलाई सुन्दरहरैचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सम्मान गरिएको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एसपी चिमरीयालाई दोसल्ला ओडाएर र कदरपत्र सहित सम्मान प्रदान गरेका हुन्। सुकुना माध्यमिक विद्यालयबाट शिक्षा ग्रहण गरी अहिले मोरङ जिल्लाको प्रहरी प्रमुख बनेका चिमरीयालाई सम्मान गरिएको जानकारी प्रधानाध्यापक हिक्मत बहादुर बस्नेतले दिएका छन्।

प्रधानाध्यापक बस्नेतले भने, “यस विद्यालयमा अध्ययन गरेर आज मोरङका प्रहरी प्रमुख बनेका चिमरीया सरलाई यहाँ सम्मान गर्न पाउँदा हामी हर्षित छौं।” उनी हालै मात्र मोरङ प्रहरी प्रमुखको रूपमा नियुक्त भएका हुन्। यस अघि, चिमरीया सुनसरीको दुहबी स्थित नेपाल प्रहरीको विशेष सुरक्षा गणमा कार्यरत थिए र मुख्यालयको आदेशमा काजमा मोरङ सरुवा भएका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]