अग्निपीडितकाे घर निर्माणमा ढिलासुस्ती, पीडित परिवारको दैनिकी कष्टकर

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, पुष १३, २०८१

विराटनगर/ मोरङको रंगेली–३ स्थित बाबुसाहेव टोलमा गत चैत ३ गते भएको आगलागीबाट प्रभावित परिवारको घर निर्माणकार्य अझै सम्पन्न हुन सकेको छैन। संघीय, प्रदेश, र स्थानीय सरकार तथा विभिन्न संघसंस्थाको सहयोगबाट सुरु भएको घर निर्माणकार्य हालसम्म ८० प्रतिशत मात्र सम्पन्न भएको छ। बाँकी कार्य भने कछुवाको गतिमा भइरहेको छ।

घर निर्माणका लागि संघीय सरकारबाट ३ लाख ५५ हजार, प्रदेश सरकारबाट ३० प्रतिशत, र स्थानीय तहबाट १५ प्रतिशत रकम जुटाइएको थियो। साथै, देश-विदेशबाट सहयोग संकलन गरिएको थियो। हेमिडेन्स संस्था, लुथरन समाजलगायतका संघसंस्थाको सहयोगमा प्रति घर ६ लाख ५५ हजार रुपैयाँ बजेट तय गरेर दुई कोठा, एक भान्साकोठा, टुवेल, र शौचालयसहितको घर निर्माणको काम सुरु गरिएको हो।

हाल रंगेली नगरपालिकामा २२ घर निर्माण भइरहेका छन्। अधिकांश घरको छानो जडान भए पनि भान्साकोठा र शौचालय निर्माण कार्य बाँकी छ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले असोज महिनाभित्र नयाँ घरमा पीडित परिवारलाई बसाउने प्रतिबद्धता जनाएका थिए। तर, काम सुस्त गतिमा भएकाले पीडित परिवार अझै अस्थायी बसोबासमै जीवन गुजार्न बाध्य छन्। चिसो याममा एउटा खाटमा दुईजना सुत्ने र अरू चिसो भुइँमा सुत्नुपर्ने स्थिति रहेको सुकदेव मुर्मुले बताए।

शौचालय निर्माण सम्पन्न नहुँदा महिलाहरूलाई शौचालयको पालो कुर्नुपर्ने र नुहाउने ठाउँको अभावले समस्या भएको रैमती मुर्मुले बताइन्। शौचालयको ढोका राम्रोसँग नबनेका कारण गोपनीयता र सुरक्षामा पनि समस्या भएको छ।

पीडितका अनुसार, ठेकेदार सातामा एक दिनमात्रै काममा आउने गरेका छन्। कहिले निर्माण सामग्री अभाव त कहिले अन्य कारणले काम रोक्ने गरेको उनीहरूले गुनासो गरे।

रंगेली नगरपालिका प्रशासनका अधिकृत ओमकार न्यौपानेले निर्माणकार्य तीव्र रूपमा भइरहेको र केही साताभित्रै सम्पूर्ण घर हस्तान्तरण गरिने बताए। तर, वर्तमान सुस्त गतिले पीडित परिवारको जीवन अझै कठिनाइपूर्ण रहेको छ।

पीडित परिवारले सम्बन्धित निकायसँग निर्माणकार्य छिटो सम्पन्न गरी आफ्नो पीडाकम गरिदिन आग्रह गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी
समाचार संयोजक : राजेश कुमार राजवंशी
व्यवस्थापक : मोहन कुमार राजवंशी
सहकर्मी : चन्दन कुमार रौनियार ( सुनसरी )
सहकर्मी : जनक राजवंशी ( झापा )
सहकर्मी : स्याम माझी क्यामेरा मेन ( विराटनगर )
सहकर्मी : कमला चौधरी ( सुनसरी )
सहकर्मी : सुमन राजवंशी ( विराटनगर )
ग्राफिक्स डिजाइनर : निलेश शर्मा ( विराटनगर )
वेबसाइट आई टि : भबेश मण्डल ( विराटनगर )
सल्लाहाकार : रामसुन्दर राजवंशी
सल्लाहाकार : स्यामसुन्दर सुतिहार
सल्लाहकार : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]