बिराटनगर वाट १४५ किलो गाँजा बरामद

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित शुक्रबार, साउन ११, २०८१

बिराटनगर / विराटनगर बाट प्रहरीले बिहिबार ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। कोशी प्रदेश प्रहरीको कार्यालयको अनुसन्धान समुह र लागु औषध नियन्त्रण ब्युरो बाट खटिएका प्रहरी टोलीले गाँजा बरामद गरेको थिएँ।

बिराटनगर वडा नं ११ बुद्ध बिहार मार्ग बाट बेबारिसे अवस्थामा रहेको बिअार ११ पिसी ५०१ नं को गाडी जाँच गर्ने क्रममा १४५ किलो गाँजा बरामद गरेको थियो।

कोशी प्रदेश कार्यालयको अनुसार गाडी भित्र ५ वटा झोला प्याक गरेको अवस्थामा गाँजा फेला परेको थियो।बरामद भएको गाडी र गाँजाको थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]