संघीय शिक्षा ऐन छिट्टै लागू हुनेमा आशावादी: मन्त्री भट्टराई

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, पुष १४, २०८१

विराटनगर । कार्यक्रममा संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संघीय शिक्षा ऐन छलफल प्रक्रियामा अघि बढिसकेकोले चाँडै आउनेमा आशावादी हुन आग्रह गरेकी छन् । आइतबार विराटनगरमा संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको शिक्षा व्यवस्थापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

शिक्षा क्षेत्र समस्याग्रस्त भएकोले कानुन आवश्यक रहेको र कानुन बनाउन खोजेको बताउँदै व्यवहारिक पक्ष पनि बलियो बनाउनु पर्नेमा उनले जोड दिइन् । सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने मन्त्री भट्टराईले बताइन् । अहिले भएको शिक्षा ऐन र शिक्षा नीतिबाट पनि धेरै काम गर्न सकिन उनले बताइन् । त्यो हेरेर पनि काम गर्न उनले आग्रह गरिन् ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय शिक्षा ऐन चाँडै आउनुपर्ने बताए । संघले कानुन छिटो छरितो ढंगले नबनाउदा शिक्षा क्षेत्र अघि बढ्न नसकेको उनको भनाइ थियो । ‘प्रदेशले कानुन बनाउनु पर्दा सात दिनमा बनाउन सक्छ, तर संघले सात बर्षमा सक्दैन किन हो ? म छक्क पर्छु’ मुख्यमन्त्री कार्कीले भने, ‘संघले चाँडै कानुन बनाउन लाग्नुपर्छ ।’

अहिलेको सामुदायिक शिक्षाको अवस्था कमजोर रहेको बताउदै मुख्यमन्त्री कार्कीले यसको व्यवस्थापन र सुधारमा गम्भीर भएर काम गर्नुपर्ने अवस्था रहेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]