दिपेश प्रसाद राजवंशी लेखनमा पहिलो सानो प्रयास

Logo
दिपेश प्रसाद राजवंशी / कटहरी प्रकाशित शनिबार, साउन १२, २०८१

सम्पादकीय नोट ः– कटहरी वडा नम्बर २ का दिपेश प्रसाद राजवंशी लेखनमा पहिलो सानो प्रयास कस्तो छ । प्रतिकृया दिनुहोस ।

कटहरी / मोरङ्गको एउटा गाउँको नाम न्यू राजवंशी टोल छ । हो त्यहीँ टोलमा मेरो घर र परीवार बस्छन । म २३ वर्षको भएँ तर स्थानीय तह कटहरी गाउँपालिकाले कहिले पनि कटहरीवासीलाई शुख दिने प्रयास गरेन । युवा पुूस्ता के काम गर्छ र कसरी गरीरहेको छ । प्रत्येक वडा पुगेर बुझि दिदा राम्रो हुनेथियो । कटहरी गाउँपालिका बाट कति जनता बिदेश गइरहेको छ भन्ने कुरा एक चोटि बुझनुपर्ने हो तर अध्यक्ष र उपाध्यक्ष मौन छन ।

प्रत्येक वडा अध्यक्षले गाउँ गाउँ घुमेर स्थानीय जनताको विषयलाई लिएर एजेन्डा बनाउनु पर्ने हो । तर जनप्रतिनिधि मौन छन । हाम्रो गाउँमा २६ वटा घर परीवार छन जहाँ विभिन्न जातजातीको बसोवास छन । प्रत्येक वर्षको तिन महिना असार, श्रावन र भाद्र महिनाको समयमा वर्षाको कारणले धेरै दुःख कष्ट भोगनुपदर्छ ।

त्यहाँको जनता र घर परिवारको समस्या प्रत्येक वर्ष यस्तै समस्या देखिदै आएको छ । हाम्रो गाउँको सडक ग्राबिल छ । सडक वर्षातको समयमा गाउँभरी पानिले घेरीएको हुन्छ । वर्षाको समयमा स्कुलको बस जाँदा–आउँदा झन् सडक खाल्डो हुन्छ । त्यही वर्षाको पानिले हाम्रो गाउँको सडक ३ महिना असार, श्रावन र भाद्र महिनामा धेरै नै हिडढुल गर्न दुख दायी र समस्या ग्रस्त हुन्छ । गाउँ घरको युवा तथा अग्रज दाजुहरु संग कुरा गर्दा कटहरी गाउँपालिकाले कुनै पनि राम्रो पहल नगरेको बताउछन । के हाम्रो गाउँका जनताहरु कहिलेसम्म सडकको कारणले दुःख भोगिरहनु पर्ने हो थाहा छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]