गञ्जीमै मन्त्रालयमा मन्त्री दिपक मनाङ्गे

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित शनिबार, साउन १२, २०८१

गण्डकी / गुण्डागर्दी पृष्ठ भूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री बन्ने रेकर्ड बनाएका छन । केही दिन अघि गञ्जीमै कार्यकक्षमा बसेर मदिरासमेत खाएर अपशब्द बोलेको कर्मचारीले नै गुनासो गरेका छन् । गण्डकी प्रदेश सरकारमा राजीव गुरूङ (दीपक मनाङे) छैटौं पटक मन्त्री भएका छन् । खगराज अधिकारीलाई साथ छोडेर विश्वासको मत दिए पछि मनाङेलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयमै दोहो¥याएका छन् । र सरकार संकटमा परेपछि भौतिक पूर्वाधारमन्त्री बनाएका पाण्डेले फेरि पुन्न मनाङेलाई सोही मन्त्रालय दिएका छन् ।

उनको यस्तै विवादित गतिविधिले प्राय सधैं चर्चामा रहनछन् । पछिल्लोपटक मनाङे गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका मनाङेले अपशब्दसमेत बोल्ने, कार्यकक्षमै मदिरा पान गर्ने गरेका छन् ।

मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेका छन् ।

हिजो शुक्रबार मात्र राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूह सँग भेटेका मनाङेले आफूले सिन्डिकेटको अन्त्य गरेर सबै चलाउने भन्दै रक्सी खाएर जान अफर गरे । यातायात व्यवासायी महासंघले रातो नम्बर प्लेटले पनि यात्रु ओसार्न पाउने कार्यविधि नल्याउन बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए । त्यसको भोलिपल्ट राइड सेयरिङ एप मार्फत चलेका राइडर्स ध्यानाकर्षण गराउन मन्त्री मनाङे सँग पुग्दा उनले ट्याक्सी व्यवसायी लगायतले आफूलाई ब्याकमेलिङ गर्न खोजेको भन्दै आफू ढुक्कले रक्सी खाएर सुत्ने बताएका थिए ।

आफू स्पष्ट जे हो त्यही बोल्ने बताउने मन्त्री मनाङे विभिन्न समयमा मर्यादा विपरीत काम गर्दा आलोचनामा पर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]