कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद महोत्सव गर्दै

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शुक्रबार, माघ २५, २०८१

विराटनगर / कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव – २०८१ आयोजना गर्ने भएको छ। आज विराटनगर स्थित बोर्ड कार्यालयमा बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव आयोजना गर्ने निर्णय गरेको हो।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले महोत्सवमा बोर्डले वार्षिक रुपमा आयोजना गर्ने विभिन्न प्रदेश स्तरीय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले बताउनु भयो ।

बस्नेतले खेल महोत्सव आयोजना गर्न बोर्ड बैठकले सामाजिक विकास मन्त्री राईको नेतृत्वमा ६१ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरेको जानकारी दिनु भयो।

बस्नेतका अनुसार खेल महोत्सव अन्तर्गत बोर्डले प्रदेशस्तरीय महिला फुटबल , महिला तथा पुरुष दौड , महिला तथा पुरुष कब्बड्डी , भेट्रान बाघचाल , महिला तथा पुरुष टेबलटेनिस , महिला तथा पुरुष बुद्धिचाल , महिला तथा पुरुष कराते , महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियोगिता आयोजना गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]