

दुहबी / सुनसरीको दुहवी वडा नं.६ मा रहेको शिव मन्दिरको प्राङ्गान यहि माघ ३ गते देखी माघ १० गते सम्म लागेको श्रीमद्भागव सप्ताह ज्ञान महायज्ञको आय व्यय आज पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको छ ।
महायज्ञबाट कूल १७ लाख ३१ हजार ६ सय ६४ रुपैयाँ नगद आम्दानी भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष हरि नारायण ठाकुरले पत्रकार समेलमा जानकारी गराएको थियोे ।
यसमध्ये १० लाख ६२ हजार ५ सय १७ रुपैयाँ नगद खर्च भई केही रकम उठन बाँकी तथा निमार्णका सामाग्रीहरु जस्तै रड, सिमेन्ट, बालुवा र गिटी मन्दिरमा निमार्ण कार्य हुनु भन्दा अगाडी नै उपलब्ध गराउने आयोजकले बताए ।
पुराण मुल समितिका अध्यक्ष उमेश गोश्वामीले दुहवीमा धेरै पुराण लगाए हर हिसाव समितिले समयमा सार्वजनिक नगरको हुनाले हामीले सहयोग माग्न जादाँ कतिपय साथिले सहयोग गर्न आनाकानि समेत गर्थो तर आज पुराण समितिले हिसाव सार्वजनिक गर्दा दुहवीमा उदाहरणी कार्य भएको बताए ।
शिवमन्दिर भित्र विभिन्न संरचनाहरु जिर्ण अवस्थमा रहेकोले चाडै मन्दिरलाई दार्ता प्रकृया गरि भौतिक निमार्ण कार्य थालनि गर्ने श्री शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवा हलुवाईले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
पत्रकार सम्मेलमा शिव मन्दिर समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु,सुरक्षाकर्मी ,स्थानिय संचारकर्मी लगायत को उपस्थिति रहेको थियो ।