झापामा यस वर्ष एसईई परीक्षा दिने कति जना

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित सोमबार, फाल्गुण ०५, २०८१

झापा / झापामा यस वर्ष एसईई परीक्षा दिने विद्यार्थीहरुको संख्या बढेको छ । आगामी चैत ७ गतेदेखि देशभर शुरु हुने एसईई परीक्षामा झापामा गत वर्षभन्दा यस वर्ष विद्यार्थीहरुको संख्या बढेको हो । गत वर्ष १५ हजार ८२२ जना परीक्षार्थी रहेकोमा यस वर्ष १७ हजार २८ जनाले एसईई दिने भएको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । नियमिततर्फ ७ हजार ७९३ जना छात्रा र ७ हजार ४०८ जना छात्र गरी १५ हजार २०१ जना सहभागी हुँदैछन् ।

नियमिततर्फ १३१ वटा सामुदायिक विद्यालयका ४ हजार १७२ छात्रा र ३ हजार ६१८ जना छात्र गरी ७ हजार ७९० तथा २३९ वटा संस्थागत विद्यालयका ३ हजार ६२१ छात्रा र ३ हजार ७९० छात्र गरी ७ हजार ४११ जना विद्यार्थीले परीक्षा दिन लागेका हुन् । त्यस्तै ग्रेडवृद्धितर्फ सामुदायिक विद्यालयका ८४४ छात्रा र ७३७ छात्र गरी १ हजार ५८१ जना तथा संस्थागत विद्यालयका १४७ जना छात्रा र ९९ जना छात्र गरी २४६ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको समन्वय इकाईले जनाएको छ ।

कुल संख्यामा हेर्ने हो भने सामुदायिक विद्यालयका ७ हजार ९६ छात्रा र ४ हजार ३५५ जना छात्र गरी ९ हजार ३७१ जना तथा सामुदायिक विद्यालयका ३ हजार ७६८ जना छात्रा र ३ हजार ८८९ जना छात्र गरी ७ हजार ६५७ जनाले एसईई दिन लागेका हुन् । त्यस्तै प्राविधिक धारतर्फ छात्रा २३९ र छात्र २८३ जना गरी कुल ५२२ जनाले परीक्षामा भाग लिने भएका छन् ।

परीक्षामा दुईजना दृष्टिविहीनहरु पनि सहभागी हुने भएका छन् । उनीहरुले सरस्वती माध्यमिक विद्यालय दमकको परीक्षा केन्द्रमा परीक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक ओमप्रकाश राईले जानकारी दिए । त्यस्तै चारवटा संस्कृत विद्यालयका ५४ जना छात्रले परीक्षा दिने भएका छन् ।

त्यस्तै खुलातर्फको दुईवटा परीक्षा केन्द्रमा ३५ जना छात्रा र २३ जना छात्र गरी जम्मा ७६ जनाले परीक्षा दिन लागेको प्राविधिक सहायक राईले जानकारी दिए । झापामा ५७ वटा परीक्षा केन्द्र यथावत रहेका छन् ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुने जनाइएको छ ।

यस समाचार प्रतिदिन अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]