एकल विद्यालय अभियानको अन्तर्राष्ट्रिय कार्यकर्ता सम्मेलन सम्पन्न

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित आइतबार, साउन १३, २०८१

बिराटनगर / विराटनगरमा आईतबार एकल विद्यालय अभियानको अन्तर्राष्ट्रिय कार्यकर्ता सम्मेलन सम्पन्न भएको छ ।

जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपालले कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर्राष्ट्रिय कार्यकर्ता सम्मेलनको आयोजना गरेको थियो । ३ दिन सम्म चलेको सम्मेलनमा नेपाल, भारत, जर्मनी, अमेरिका, इङ्ल्यान्ड र भुटान गरी ६ देशका ५ सय भन्दा बढि कार्यकर्ताहरूको सहभागिता रहेको थियो । विराटनगरको अन्तर्राष्ट्रिय कार्यकर्ता सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न कोशी प्रदेशका अध्यक्ष उद्योगी जितेन्द्रकुमार राठी र कार्यक्रम संयोजक उद्योगी बेनिगोपाल मुन्दडाले खुब मेहनत गरेका थिए । विश्वको विभिन्न देशबाट विनोद पौदार सहित विशिष्ट व्यक्तिहरू अन्तर्राष्ट्रिय कार्यकर्ता सम्मेलनमा सहभागिता जनाएका थिए ।जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियान नेपालको स्वीकृत प्राप्त संस्था हो । यस संस्थाद्वारा नेपालमा एक हजार २८ वटा एकल विद्यालय सञ्चालनमा रहेका छन् ।

एकल विद्यालय अभियानको नामबाट ३० वर्षभन्दा बढि समयदेखि गाउँगाउँमा एकल विद्यालय सञ्चालन भइरहेका छन् । दाताको सहयोगमा संचालित विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले हिन्दु धर्म र संस्कृतिको प्रचारप्रसार एवं संरक्षण कार्यमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]