भेदभाव

Logo
कबिराज राजवंशी प्रकाशित शुक्रबार, फाल्गुण १६, २०८१

किन गर्छौ भेदभाव उचनिच मधेसी, पहाडिको !
किन गर्छौ भेदभाव उचनिच मधेसी, पहाडिको !
हाम्रै हुन यी दुई जातजाति नेपालीको !!

उस्तै हुन जन्मने रित उस्तै मृत्यु सँस्कार!
जन्मिन्छन आमाको कोखबाट सबै जान !!
किन गर्छौ भेदभाव उचनिच मधेसी, पहाडिको !
मरे पछि लाग्दछन सबैलाई बाँसको डोला मा
चार भाई बोकि मसाम-घाट, खोलामा !!

किन गर्छौ भेदभाव उचनिच मधेसी, पहाडिको
फरक छैन कयौँ चिजको
सबैको नसामा रातो रगतको
हाम्रै हुन यि दुई जातजाती नेपालीको !

फरक छन भने, रँग र रुपको हाम्रो !
कोहि छन कालो भने, कोहि छन गोरो हेर्दा सबै राम्रो !!

बाँचुनजेल तँ, तिमि, तापाई, हिमाल्, पहाड र तराई !
मरे पछी कोहि छैनन आफ्नो, कोहि छैनन् पराई !
किन गर्छौ भेदभाव उचनिच मधेसी, पहाडिको
हाम्रै हुन यी दुई जातजाति नेपालीको !!

“अबको चेतनशिल युवा ” जाग युवा !
हामि हाम्रो भोलिको निम्ति !!
अब हटाउन हामी, जात जातिको भेदभाव !
मधेसी र पहाडीको तृप्ती !!

किन गर्छौ भेदभाव उचनिच मधेसी, पहाडिको !
हाम्रै हुन यी दुई जातजाति नेपालीको !!

कबिराज राजवंशी
माेरङ,हाल यूएई बाट

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]