झापामा दुईजना मृत फेला

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित बुधबार, फाल्गुण २१, २०८१

झापा / शिवसताक्षी र अर्जुनधारामा एक–एकजना पुरुष मृत फेला परेका हुन् । हिजो साँझ ५ बजे पाँचथर फिदिम नगरपालिका वडा न.७ घर भई बिगत ५ वर्षदेखि शिवसताक्षी नगरपालिका वडा नं. ७ बस्ने कुमारी शेर्माले संचालन गरेको पाथीभरा माता कृषि सुँगुर फर्ममा काम गर्दै आएका अन्दाजी ४० वर्षीय राजकुमार तामाङ मृत फेला परेका छन् ।

फर्मभित्र आफू सुत्ने कोठामा ढोका खुल्ला राखी सुतिरहेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट टोली खटिएर कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।

त्यस्तै हिजो बिहान अर्जुनधारा नगरपालिका वडा नम्बर ४ बिरिङ खोलास्थित झोलुङ्गे पुलमुनि पानी जमेको खाडलमा डुबेर एकजनाको मृत्यु भएको छ । बिहान अन्दाजी ७ः३० बजे झोलुङ्गे पुलमुनि पानी जमेको खाडलमा सोही ठाउँ बस्ने अन्दाजी ५८ वर्षीय कृष्ण दाहाल घोप्टो परी मृत अवस्थामा फेला परेका थिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल भद्रपुर पठाएको थियो । पोष्टमार्टमपश्चात् मृतककी श्रीमती कुमारी दाहालले शव जिम्मा बुझेको डीएसपी खड्काले जानकारी दिए ।

यस समाचार प्रतिदिन अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]