कंचनङ्गा स्कुलको पुरस्कार बितरण कार्यक्रम सम्पन्न

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित बिहिबार, फाल्गुण २२, २०८१

दुहबी / सुनसरीको ईटहरी उपमहानगरपालिका    वडा न.८ स्थित रहेको कंचनङ्गा सकेन्डरी बोडिङ स्कुलमा वार्षिक पुरस्कार वितरण समारोह तथा विज्ञान प्रदर्शनी सहित विद्यार्थीको प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।स्कुल प्राङ्गणमा अभिभावकको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीले कल्चरल फेसन शोदेखि अन्य प्रतिभा पस्किएका छन् ।स्कुलको वार्षिक पुरस्कार वितरण समारोह तथा विज्ञान प्रदर्शनी आयोजना भएको हो । कार्यक्रममा स्कुल मा भएको स्पोर्ट्स मिट विभिन्न खेलकुदमा  उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।साथै बिधालयमा उत्कृष्ट क्रियाकलापगरने नगर, जिल्ला ,प्रदेश स्तरमा विभिन्न खेल प्रतियोगितामा स्कुुल बाट सहभागी भई बिजेता उपविजेता जित्न सफल रहेको स्कुलले ट्रफि प्रमाणपत्र मेडल सहित समान समेत गरेका थिए।कार्यक्रमका प्रमुख  अतिथि  इटहरी उपमहानगरपालिकाका शिक्षा खेलकुद शाखाका प्रमुख तिर्थ राज गौतम ,बिशिस्ट अतिथि रन्जना सिंह , विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए । पुरस्कार बितरण कार्यक्रममा अभिभावक शिक्षक/शिक्षिका बिधार्थिहरुको ब्यापक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सन्देशमूलक नाटक, नृत्य, फेसन शो प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रिन्सिपल डारेकटर बिध्यानन्द यादबको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक सरद भण्डारीले गरेका  थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]