दुहबीमा चौथो उप–प्रमुख महिला भलिवल प्रतियोगिता इटहरी र रामधुनि नगरपालिका बिजय

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित सोमबार, चैत्र ०४, २०८१

दुहबी / सुनसरीको दुहबीमा पालिकास्तरीय चौथो उपप्रमुख महिला भलिबल प्रतियोगिता इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिका बिजय  भएको छ ।

श्री गोल्डेन स्टार युथ क्लब दुहवी सुनसरीको आयोजना ,दुहवी नगरपालिको संयोजनमा दुहवी नगरपालिका वडा नं.७ भलुवा खेल मैदानमा पालिकास्तरीय चौथो उपप्रमुख महिला भलिबल प्रतियोगिताको पहिलो खेल दुहबी  नगरपालिका  बि र ईटहरी उपमहानगरपालिका  बिच  भएको थियो ।

उत खेलमा इटहरी उपमहानगरपालिकाले जित हासिल गरे सँगै क्वाटर फाइनलमा प्रवेश गरेको छ भने दोश्रो खेलमा
रामधुनि नगरपालिका र गढिगाउ पालिका बिच भएको खेलमा रामधुनि नगरपालिका  जित सँगै क्बाटर फाइनलमा प्रवेश गरेका छ ।

खेलको म्यानअफद म्याच इटहरीकी रुमा श्रेष्ठ र रामधुनिकि स्वेता चौधरी घोषित भए सँगै आजको प्रमुख अथिति आयोजना गोल्डेन स्टार युथ क्लबका अध्यक्ष पशुपति सरदारले नगद रु १ हजार सहित मेडल प्रदान गरेका हुन् । भोलिको पहिलो क्वाटर फाइल खेल रामधुनि नगरपालिका बिरुद्ध इनरुवा नगरपालिका र दोश्रो खेल धरान उपमहानगरपालिका बिरुद्ध इटहरी उपमहानगरपालिका बिच खेल हुने आयोजक अध्यक्ष पशुपति सरदारले जानकारी गराए ।

प्रतियोगितामा बिजेता टिमले नगद रु ६० हजार १ सय १ रुपैया सहित ट्रफि ,मेडल,प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद रु ३० हजार १ सय १ रुपैया सहित ट्रफि,मेडल,प्रमाण पत्रमा चित बुझाउनु पर्ने छ साथे विभिन्न विद्यामा समेत पुरस्कार राखेको आयोजकाले जानकारी गराए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]