आज साउन १५ खिर खाएर मनाउदै

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित मंगलबार, साउन १५, २०८१

विराटनगर / आज साउन १५ गते (मंगलबार) देश भरि नै खिर खाएर साउन १५ मनाएकाे छ ।असार १५ मा दहि चिउरा खाने चलन र साउन १५ मा खिर खाने चलन नेपालमा प्राचिन काल देखिनै चल्दै आइरहेको छ।

साउने झरीमा तातो खिर खाएमा स्वास्थ्यलाई राम्रो गर्ने भनाई रहेकोले यो चलन चल्दै आएकाे हो। दुधमा मरमसला, काजु, चिनी लगायत थुप्रै साम्रगी मिसाएर बनाएर खाएमा स्वास्थ्यलाई फाइदा गर्ने जन विश्वास रहेको छ।

यो महिनामा खेती पाती पनि सकिन्छ र वातावरणमा हरियाली बढी हुने गर्छ। साउन भगवान् शिवको महिनाका रुपमा चिनिन्छ। भगवान् शिवलाई मनपर्ने दुध र दुधबाट बनेको प्रकारहरू चढाईन्छ । साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुन सक्ने संस्कृतिका जानकारहरु बताउँछन्।

ऋषिमुनिको‌ पाला देखि पितृ लगायत अन्य कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई खिर खुवाउने चलन रहेको थियो। अहिले पनि सनातन धर्मावलम्बीहरूले गाईको दूधको खिर बनाएर श्राद्धको दिन चढाउने गर्दछन्।

यसका साथै खिर बनाएर देवतालाई चढाए पश्चात् मात्र खानु पर्ने धार्मिक विश्वास रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]