नेकपा एमाले जहदा कमिटी गठन गरियो

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शनिबार, बैशाख ०६, २०८२

जहदा / मोरङ्गकाे जहदा गाउँपालिका नेकपा एमाले पार्टीको गाउँ पालिका कमिटीको दोस्रो अधिवेशन भव्य र सभ्य रूपले आज सम्पन्न भएको छ ।नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मोरङ क्षेत्र नम्बर ५ का इन्चार्ज कमरेड रामलाल शाह को प्रमुख आतिथ्यमा जहदा गाउँपालिका वडा नम्बर – ५ काे दुर्गा मावि काे प्राङ्गणमा उक्त दाेश्राे अधिवेशन सम्पन्न भएको हाे ।

जहदा गाउँपालिका गाउँ कमिटी अध्यक्ष जयनाथ गिरिकाे अध्यक्षतामा ३१ सदस्य नेकपा एमाले जहदा गाउँपालिका कमिटीमा सर्वसहमत चयन गरिएको गिरिले बताए । केन्द्रीय निकाय निर्वाचन आयोग सदस्य भूराज राई लगायत प्रदेश कमिटी सदस्यहरू मोरङ जिल्ला कमिटीका उपसचिव जिल्ला सदस्यहरू लगायत अतिथिहरूकाे उपस्थितिमा सम्पन्न गरिएको हाे ।

कमिटीमा उपाध्यक्ष अनिता हाँस्दा सतार, सचिव विजय सोरेन, उप सचिव शिवकुमार शाह, उपसचिव लक्ष्मण प्रसाद मण्डल लगायतका ३१ सदस्य पदाधिकारी कमिटी गठन गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]