“ गर्नुपर्छ ” भन्दाभन्दै देश बर्बाद भयो

Logo
संजय कुमार राजवंशी प्रकाशित बिहिबार, जेठ ०२, २०८२

देश बनाउनुपर्छ । विकास गर्नुपर्छ । देशमा शान्ति ल्याउनुपर्छ । नेपाली जनतालाई बराबरी अधिकार दिनुपर्छ । जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क दिनुपर्छ भनेर केही वर्ष देखि यहिँ भाषण बोल्दा बोल्दै देश बर्बाद बनाए । र म, हामी र तपाईँ जस्ता विद्घान र पढेलेखेको जनताहरु सो कुरामा अत्यन्तै बढि खुशी र विस्वास गरेर देश हामी पनि बिगारियौँ भन्दा कुनै फरक नपर्ला । हो त्यही भाषण र राशन हो जस्ले यो दिनसम्म ल्याए त्यो श्ब्दको नाम हो “ गर्नुपर्छ ” हो । गर्नुपर्छ । गर्नुपर्छ । गर्नुपर्छ । भन्दाभन्दै देशमा चर्म आर्थिक अवस्था बनाए र अहिलेसम्म पनि यहिँ बोल्दा रहेछन् “ गर्नुपर्छ ” । सबै नेताहरुले भन्छन् गर्नुपर्छ । फेरि कस्ले रोकेको छ त्यो थाहा छैन् तर विकास गर्नुपर्छ ।

आजको दिनमा बजार सुकिएको अवस्था हो । गाउँ खाली भएको अवस्था हो । जनता ऋणमा डुबिएको अवस्था हो । सरकारको काम हेर्दाहेर्दै जनता आजित र आक्रोसित भएको अवस्था हो । तर पनि नेताहरुले भाषण र भनिरहने भाषा एउटै हो “ गर्नुपर्छ ”

भ्रष्टाचार जरादेखि नै निर्मुल गर्नुपर्छ । शिक्षा स्वास्थ्य निःशुल्क गर्नुपर्छ । रोजगारी सृजना गर्नुपर्छ । कृषिमा अर्गानीक मलको प्रयोग गर्नुपर्छ । कृषि उत्पादनमा लगानी गर्नुपर्छ । कृषि विना मान्छेको जीवन पर्याप्त हुन सकिदैन । नेपालकले आफनो पर्याप्त बिजुली उत्पादन गर्नुपर्छ लगायतका विषय वस्तुहरुमा लगानी गर्नुपर्छ । भन्दै देश हालको अवस्था हेर्दा बर्बाद गरेको जस्तो छ । र सबै नेताहरु यस्तै भाषणबाजी दिदै अकुत सम्पक्ति बनाए । र यो सत्य पनि हो कसरी भनोस त म भ्रष्टाचार गर्छु । म देश बर्बाद गर्छु । देशको शिक्षा र स्वास्थ्य अवस्था विगार्छु यस्तो कस्ले बोल्छ । यस्तै बोल्दा बाेल्दै भाषण दिदा दिदै देशमा पटक — पटक मन्त्री, प्रधानमन्त्री तथा अन्य महत्वपुर्ण पदमा पुगे र म, हामी र तपाईँ विद्घान र पढेलेखेको मान्छे पुगायौँ पनि । र भोगी रहेका छौँ पनि ।

चुनावका बेला दारु, मासु र केही पैशामा विकेका जनताले उनीबाट अपेक्षा के पनि गरियोस् त । हो यी र यस्ता भाषण र राशन दिएर हाल अहिले देशको अवस्था यहाँसम्म ल्याइ पुर्याउदा ती सबै नेताहरुको घरमा सम्पक्ति र आम्दानीले भरे र म, हामी र तपाईँ विद्घान पढेलेखेका मान्छेले अहिले पनि ति सबै राजनीतिक नेताहरुको पछाडी आसेपासे बनेर बसेका छौँ । फोटो खिची फेसवुकमा अपलोड गरिरहेका छौ । मेरो नेता र तेरो नेता गरिरहेका छौ । यो नेता मेरो मामा हो । यो नेता मेरो काका हो । यो मेरो आफन्त हो ।

भाषणबाजी दिदै अकुत सम्पक्ति कमाएका ति नेताहरुसंग फोटो खिची फेसवुकमा अपलोड गर्नु भनेको आफु पनि त्यो अपलोड गरिएको फोट जस्तै भइन्छ भन्नु सायद गलत नहोला किनकी उनिहरु यतिसम्म देश बर्बाद गरे । अर्को अर्थमा भन्दा फेसवुकमा अपलोड गरिएको सबै फोटोहरु पनि ऊ —जस्तै देखिन्छ । ति सबै प्राय नेताहरुले देश बिगारेको भन्न त पकै मिल्दैन केही राम्रा पनि छन होला तर यी केही नेताहरुले नै देशको अवस्था यहाँसम्म ल्यइएको छ भन्नु सायद मेरो विचारमा गलत नहोला ।

देशमा काण्डै काण्डको देश भन्दा सायद खासै फरक नपर्ला हाम्रो देशमा ओमनी काण्ड, ह्वाइटबडी काण्ड, ७० करोड काण्ड, सितल निवास काण्ड, पोखरा अन्तराष्ट्रिय विमान स्थल काण्ड, सुन काण्ड लगायतका काण्डहरु हालसम्म जिउदै रहिरहेका अवस्था छ । त्यसमा पनि निर्मला पन्तको मुद्दा, नवराज विक जस्ता विषय वस्तुमा सरकार हालसम्म निर्णय गर्न नसक्नु नै नेपालको दुर्भाग्य तथा बिडम्बना हो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]